Wednesday, April 29, 2015

25.२०७२/१/१२ शनिवार सिंगो देशको लागि कालो दिन बनेर आयो/

निवार दिउसो १२ बज्नै लाग्दा पूर्वमा करिब १५ सेकेन्ड आएको  प्राकृतिक बिपत्ति भूकम्पले म मा धेरै नै डर पैदा गर्यो / त्यो दिन मेरो छुट्टी थियो/ म त्यस बेला किचनमा चिया पकाउदै थिए/ अचानक किचन मा भाडा हल्लिएको आवाज आयो/ मैले के  हल्लियो भनेर हेर्दा किचन रयाक हल्लिएको रहेछ/ त्यसको केहीछिन बित्न नपाउदै पुरा घरनै हल्लिन थाल्यो/ बल्ल थाह पाए  भूकम्प आएको भनेर / घर संगै म पनि हल्लिएको थिए, बाहिर माथिल्लो तला बाट सबै हतार हतार गर्दै ओर्लेको आवाज आयो तर म भने ग्यास बन्द गरेर भाग्नेकी यत्त्तिकै भाग्ने भनेर अताल्लिन थाले/ हतार हतार गर्दै ग्यास बन्द गरेर म पनि बाहिर निस्के / आत्तिनु हुदैन , संयमित हुनुपर्दछ भन्ने कुरा सबै थाहा थियो तर जब बिपत पर्दछ त्यस बेला यी सब कुरा एउटा उपदेश मात्र हुँदो रहेछ / म आफुलाई बचाउन चप्पल पनि नलगाई हतार हतार गर्दै भागेको थिए/ मनमा अति नै त्रास पैदा भएको थियो /  काठमान्डूमा कामको शिलशिलामा जानु भएको श्रीमानलाई फोन लगाए तर सम्पर्क स्थापित हुन सकेन / करिब १०/१५ मिनेट पछि उहाँको फोन आयो / भूकम्प काठमान्डू उपत्यकामा पनि गएको रहेछ/गईरहेछ / एकछिनमा धरहरा भत्केर कैयौको ज्यान गयो भन्ने कुरा सुने/ त्यसपछि त मानिसको मृत्यु हुने, घाइते हुने  र भौतिक संरचना भत्किने, बिग्रिने, समाचार देशै भरि बाट आई नै रहे /

म कुशल  छु / मेरो घर परिवार र नाता गोता पनि सबै सकुशल नै हुनुहुन्छ/ तर दिनहु पत्र पत्रिका, रेडियो, एफ. एम , टि. भी. तथा फेसबुक, टुइटरद्वारा  देशै भरि बाट भएको मानबिय तथा भौतिक संरचनाको बिनाशको दृश्यहरु पढ्दा र देख्दा घटना मेरै घरमा घटे जस्तो भान भईरहेछ/

पत्र पत्रिका  तथा सामाजिक सन्जाल्हरुमा बालबालिका तथा बृद्ध बृद्धाहरुको कारुणिक तस्बिरहरु देख्छु आँखा बाट अनायासै आँसु झरेर आउछ/ भोकै बस्नु परेको, पानि पनि पिउन नपाएको, बास स्थान नै नभएको समाचारहरु सुन्दा मुटु छिया छिया हुन्छ/ जता कतै बाट दर्दनाक पिडा र समस्या मात्र/ कसैको परिवारको सबै सदस्यको नै मृत्यु भएको / कसैको आमा /बुवा/ कसैको दाजु दीदी त कसैको नाबालक  केटा केटि/ त्यसमा थपिएको बस्ने बास र खाने गासको पनि टुंगो नभएको / एक मिनेट आएको महाभूकम्पले कतिलाई अनाथ बनायो, कतिको कोख रित्तै बनायो, कतिको सिन्दुर पुछिदियो, कतिको परिवार नै सखाप भयो, कतिलाई घरबार बिहिन बनायो, कतिलाई  सडकमा ल्यायो, दुख र मानसिक पिडा त सबैलाई नै  दियो,  कतिलाई मानसिक तथा शारीरिक रूपमा आघात पुर्याएर जिउदो लास सरह बनायो, कतिलाई जिउनुको अर्थ सिकायो, कतिको बिग्रेको सम्बन्ध जोड्यो पनि, कतिलाई केहि पाठ सिकायो/ हरेक गाउँ बस्तीलाई रुवायो, समग्र रूपमा भन्नु पर्दा यसले अहिले सिंगो देशलाई अझ गरिब र दुखि बनायो/ पूर्ण रूपमा मानवीय तथा धन जनको   क्षति र  त्यसमा अझ रहेका पुरातात्विक, एतिहाँसिक धार्मिक बस्तुहरुको तहस नहस / अहिले सिंगो राष्ट्रले नै शोक मनाइरहेको छ/ 

एक तर्फ आफन्तहरु गुमाएको पिडा, त्यसमा जिउ छोप्ने कपडा नहुनु,कैयौ दिन भोकभोकै बस्नु परेको पिडा त छ नै,  खुला आकाश मुनि दिन/रात  काट्नु पर्दा हामि सुन्ने र देख्ने लाइ जति पिडा भएको छ अनुभब गर्नेलाई त के भयो होला / हामीले यथार्थमा कल्पना पनि गर्न नसक्ने घटना आज आम मानिसहरुले भोगी रहेछन/

घन्टौ पछि मृत्यको मुखमा पुगेर फर्केर आएका खबरहरु सुन्दा खुसीका आँशु झर्दछन्/ बस्ने बास सबै पुरिएको, भएको पैसा पनि सकिएको, ३/४  दिन भोकै बस्नु परेको, पानी परेको अवस्थामा ओत लाग्ने ठाउँ पनि नपाएको, चोट पटक लागेर आइया आत्था गर्दै सहेर बसेको आदि इत्यादी खबरहरु सुन्दा गह भरि आँसु आउदछ र भक्कानो छोडेर रुन मन् लाग्दछ / मलाई त सहन यति गाह्रो भएको छ भने जसले यो समस्या भोग्नु परेको छ उहाँहरुलाई कति गाह्रो भएको होला/ यो त भोग्नेलाई मात्र थाह होला/  

देशको बिकट भौगोलिक अवस्थाले प्राकृतिक प्रकोपको  उच्च जोखिममा सधै पर्ने गरेको, त्यसमा ब्यबस्थापकीय कमि कमजोरी, राजनीतिक अस्थिरता,  अव्यवस्थित सहरीकरण, जनसंख्या बृदि र शिक्षाको कमि आदि इत्यादी कारणले गर्दा सधै  चुनौती खडा गरिरहेको हुन्छ/ जाजरकोटको प्रकोपको पिडा सेलाउन नपाउदै भूकम्पको कारणले भएको ठुलो मानविय तथा भौतिक क्षति थपिएको छ / 
   
आफन्त गुमाउनुको पिडा त छदै छ संगसंगै बस्ने बास, लाउने लत्ता कपडा  र खाने गासको टुंगो नभएको अवस्थामा चोरी डकैति जस्ता कार्य थपिनु, एक आपसमा भाइचारा नहुनुले आलो घाउमा नुन छर्की दिएको छ/ साथै विभिन्न सरुवा रोगको सिकार, मानसिक रोगको सिकार भएको खबर सुन्नु पर्दा अझै पिडा दिदो रहेछ/  

मानिसका बिचित्र रुप/ कसैले सहयोगी हातहरु दिई रहेछन र निरन्तर सेवामा लागि परेका छन् कसैले मौका यहि हो भनि पैसाको लागि र्याल चुहाई रहेछन /  प्रत्यक घरले शोक मनाइ रहेको अवस्थामा चोरी डकैति गर्ने मानविय स्वरूपमा आउने दानबहरुलाई पनि नेपाल आमाले पालेकी रहिछन/ धिक्कार छ ति दानबहरुलाई जसले यहि भूमिमा हुर्केर यहि भूमिको नुन खाएर अहिले बिष छरी रहेछन/  मेरो देश रोइ रहेको अवस्थामा मौकाको फाइदा उठाएर यहाँको बहुमुल्य सामानहरु चोरी गर्न मद्दत  गर्ने देशद्रोही लाइ कडा भन्दा कडा सजाय दिनु पर्दछ/ 

आफ्नो सर्वस्व गुमाउनु परेको सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा आमा बुवाहरुमा यो दुखद  तथा असामयिक घडीलाइ सहन सक्ने शक्ति प्रदान गरुन भगवानले /

 हार्दिक श्रदान्जली सम्पूर्ण आमा, बुवा दाजुभाई तथा दिदि बहिनिहरुमा जसले अकालमै यो संसार बाट बिदा हुनु पर्यो /

हृदय देखि नै धन्यबाद सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी  हातहरुलाई  जो एकजुट भै सेवा भावले मलमपट्टी गर्न लागि पर्नुभएको छ /






















































All these pictures are derived from Google.... 

   

No comments:

Post a Comment