Wednesday, August 5, 2015

37. Breast Feeding week 2015 (स्तनपान सप्ताह २०१५): Breast Feeding and Work – Lets make it Work कार्यस्थलमा स्तनपानलाई सफल पारौ / Written By: Mrs. Heera KC Parajuli




रेक वर्ष झैँ यो बर्ष पनि विश्व स्वास्थ्य संगठनले विभिन्न कार्यक्रम तथा जनचेतना मुलक सामाग्रीहरु लिएर स्तनपान सप्ताह मनाउदै आएको छ/ अगष्ट १-७ गते सम्म मनाइने स्तनपान सप्ताह मा यस बर्षको नारा भने Breast Feeding and Work – Lets make it Work (कार्यस्थलमा स्तनपानलाई सफल पारौ)  रहेको छ /

यहि सप्ताहलाई अवसर पारेर मैले पनि स्तनपानबारे केहि प्रसंगहरु पस्कने जमर्को गरे /

म पेशाले एक नर्स हुँ र अहिले म बिशेष त सुत्केरी महिलाहरुको सेवाको लागि कार्यरत छु / दिनहुँ विभिन्न   जातजातिका मानिसहरु, सुत्केरी महिला तथा नयाँ परिवार भेट्नु, उहाँहरुको संस्कार र सामाजिक परम्परालाई नजिक बाट नियाल्न पाउनु आफैमा एक अवसरको कुरा हो/ यसै समयमा स्तनपानको महत्व, स्तनपान गराउने बिधि तथा तरिकाहरु सिकाउनु र परिवारको भूमिकाबारे प्रकाश पार्नु मेरो कर्तब्य र जिम्मेवारि नै भईसकेको छ /


फोटो : WHO Website
कामको  दौरानमा मैले  नवजात शिशु तथा आमाको  लागि लगाउने लुगाफाटो तथा पैसको जोह नगरे पनि जन्मनासाथ मह तथा घ्यू चटाउनका लागि घरबाटै बोकेर पूर्वतयारिका साथ आउने गरेको परिवारहरु  पनि भेटे/  त्यस्तै शिशुलाई पानी  खुवाउनु हुदैन, आमाको दुध पूर्णतया ६ महिना सम्म खुवाउदा पानी  पनि आमाको दुधबाट नै प्राप्त हुन्छ  भन्दा अचम्मित पर्दै जबर्जस्त  पानी  खुवाउने परिवारहरु पनि भेटे / अहिले पनि हामी आफ्नो गाउँ घरमा यो परम्परा कायम रहेको भेट्न सक्छौ/  यो एउटा पाटो हो जहाँ अज्ञानता र अन्धविश्वास कायम छ र परिवर्तन जरुरी छ/ त्यस्तै कार्यालय नजादा आर्थिक जोह गर्न गाह्रो पर्ने र जाँदा समय दिन नसकेर स्तनपान गराउन नभ्याउने महिलाहरुको गुनासो तथा समस्या पनि मैले सुने / देखे / एकातिर स्तनपान बारे बर्षेनी वकालत गरिदै आएपनि समाजमा यसको महत्व बारे जानकारी पाउने मानिसहरु अपेक्षा गरिए भन्दा अतिनै न्युन भएको पाइन्छ भने अर्को तिर पूर्णतया स्तनपान गराउनु पर्दछ भनेर वकालत गर्दै हिड्ने स्वास्थ्यकर्मी तथा यस बारे पूर्ण जानकारी पाएको कामकाजी  महिलाहरुले  पनि कार्यव्यस्तता तथा समय अभावको कारण आफ्ना शिशुहरुलाई पूर्णतया स्तनपान गराउने गरेको पाइदैन /

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर  कुल प्रतिशतको ३८% नवजात शिशुलाई मात्र पूर्णतया स्तनपान गराएको  पाइन्छ भने करिब ८ लाख नवजात शिशुको अपर्याप्त  स्तनपान गराउदा हुने असरहरु द्वारा  मृत्यु हुने गरेको पाइन्छ / सुनौलो हजार दिन कार्यक्रमबाट २०२५ सम्ममा नवजात शिशुलाई पहिलो ६ महिना सम्ममा  पूर्णतया स्तनपान गराउनेको संख्या  ३८ प्रतिशत बाट ५०% पुर्याउने यसको लक्ष्य  रहेको छ/  

पूर्णतया स्तनपान गराउदा शिशुको शारीरिक तथा मानसिक बिकास राम्रो हुनुको साथै  विभिन्न रोगहरु लाग्नबाट बचाउछ, आमा र शिशुबिच आत्मियता बढाउछ तथा पारिवारिक सम्बन्ध पनि सुमधुर हुन्छ भन्ने जानकारी हुदाँ पनि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुमा कार्यरत महिलाहरुका लागि भने पूर्णतया स्तनपान गराउन कठिन हुदै आएको छ/ एकातर्फ  सरकारी तथा गैरसरकारी संघसंस्थाहरुमा स्तनपान गराई रहेका महिलाहरुका लागि भनेर बिशेष नीति नियमहरु तर्जुमा  नगरिनु र अर्को तिर आर्थिक समस्याका कारण काम छोडेर घरमै बस्न नसक्नुले गर्दा पनि  विश्वका झन्डै ८० करोड भन्दा बढी  कामकाजी महिलाहरुले आफ्नो शिशुहरुलाई पूर्णतया  स्तनपान गराउन सकिरहेका छैनन् / यसले अप्रत्यक्ष रुपमा अप्राकृतिक तथा बजारिया बस्तुहरुको प्रबर्दन त गर्दछ नै साथै यसबाट शिशुमा हुने श्वासप्रश्वास सम्बन्धि समस्याहरु, झाडापखाला अत्यधिक मोटोपन र नसर्ने रोगहरुले अकालमै ज्यान लिनुको साथै जनधनको क्षति पनि गराउदछ/  

साथै पटक पटक बिरामी परिरहने शिशुको कारणले गर्दा कामकाजी आमाहरुले कार्यालयमा पूर्ण समय दिन नसक्नु, आफ्नो  दक्षता र कार्यकुशलता देखाउन नसक्दा कार्यालयलाई पनि  आर्थिक नोक्सानी व्यहोर्नु पर्ने विभिन्न अध्यनहरुले देखाएको छ/

यिनै कुराहरुलाई मध्यनजर गर्दै विश्व स्वास्थ संगठनले  शिशुले ६ महिना सम्म पूर्णतया स्तनपान गर्ने र आमाको स्तनपान गराउने अधिकारको सुनिश्चित  हुनु पर्दछ, र यसमा घर, परिवार, समाज तथा कार्यालयहरु तथा सिंगो राष्ट्रले नै साथ दिनु पर्दछ/ स्तनपानको प्रबर्दन तथा प्रोत्साहन स्वरूप सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि नीतिनियमहरु बनाउने, केहि महिना बिदाको व्यवस्था मिलाउने, कार्यालयमा स्तनपान गराउने समय मिलाउने र स्तनपान गराइरहेकी महिलाहरुलाई भेदभाब  नगरी  अन्य  साथीहरुले सहयोग गर्ने गर्नु पर्दछ भन्ने उदेश्य  लिएर बर्ष २०१५ को स्तनपान सप्ताह Breast Feeding and Work – Lets make it Work (कार्यस्थलमा स्तनपानलाई सफल पारौ)  भन्ने नाराका साथ मनाइरहेको छ /
धन्यवाद


No comments:

Post a Comment