कवियत्री : सुदिपा श्रेष्ठ, वि. एन. नर्स |
हराए भने कुनै युगमा तिमी आइदिनु
पिडा भए कुनै बेला मेरो मनमा छाइदिनु
धड्कन बनि मेरो तनमा तिमी आइदिनु
बिचलित मेरो जीवनमा मलम बनि छाइदिनु !!
क्षितिजलाई सूर्यले छुई दिदाको रोनक
झै....
मेरो हर दर्दमा बस्नु बिजुलीको चमक
झै...........
सत्य छ जीवनको हुन्छ एक दिन अन्त्य
..................
तर नभुल्नु तिमीले मलाई जीवन पर्यन्त
.....!!!
देवकोटाले मुनामदनलाई साचेर गए जस्तै
....
तिमी मेरो धड्कनमा बाचेर गइदिनु.......
आमाको धड्कनमा शिशुको ममता बसेजस्तै
...............
तिमी मेरो कणकणमा क्षमता भइ बसिदिनु
....!!!
बिपत्ति आइ मलाई कतै उडाई लान खोजे
....
हावा बनि आइदिनु रोकिदिनु गोरेटोलाई
...
नछोड्नु मलाई यो संसार छोडेर तिमी
गएपनि ....................
सक्दैन आत्मा बच्नलाई मरेर म गएपनि..!!!
No comments:
Post a Comment