Showing posts with label Koshi Zonal Hospital. Show all posts
Showing posts with label Koshi Zonal Hospital. Show all posts

Sunday, May 31, 2015

29) A Guide to Case Presentation

Case Presentation

case presentation is a formal communication between health care professionals (doctors, pharmacists,  nurses, therapists, nutritionist etc.) regarding a patient's clinical information.
Basic principles
*    An oral case presentation is NOT a simple recitation of your write-up. It is a concise, organized recitation of the most essential information.

*   A case presentation should be memorized as much as possible. You can refer to notes, but should not read your presentation.

*   Comparison should be made with the given literatures to  patients’ clinical features,diagnostic tests and  treatment responses.


*    Length –A full case presentation should be between the range of 5 to 10 minutes.

Friday, May 29, 2015

20. How to write a case study By Mrs. Heera KC Parajuli, BN)



Note: Constructive Criticism is highly appreciated.


Every school has its own way of writing a case study but the overall aim is to know fully about the disease process  in the patients and important of nursing care. Here I have given  certain tips on how to write a case study. However, it might not be applicable to all the institutes but I am quite sure that it might be helpful somehow to students.

Guidelines
1) Acknowledgement

2) Background

3) Table of content

4) Rationale for selection of the case

5) Objective of the case study
    a) General Objective
    b) Specific Objective

6) Patients' profile
   a) Patient's' history
   b) Physical examination
   c)Summary of your physical findings
   d) Provisional diagnosis

7) Developmental task 
    (comparison should be done between published literature and case profile)

8) Disease profile(comparison should be done between published literature and case profile)
  • a) Definition 
  • b) Incidence/prevalence
  • c) Etiology
  • d) Pathophysiology
  • e) Clinical features
  • f) Diagnosis and investigation 
  • g) Treatment(Medical/Surgical)
  • h) Prevention 
  • i) Complications
  • j)Prognosis of disease
9) Patient's daily progress note  ( daily vital signs, special care you provided based on patient's chief complaints and patients daily progress)

10)Application of nursing theory to provide nursing care( with reason why you applied)




11)Nursing management and nursing care plan 
    (It should be based on your daily patients' prognosis)

12) Health education

13) Discharge Summary

14) Overall Summary(it should not be too lengthy, readable at a glance)

15) Drug details 
     (that are prescribed, especially the doses, adverse effects and nursing intervention)

16) References

Suggestion to students: Dear students please donot copy from your friends for the sake of easily completing your courses. I have seen myself so many of my own friends copying from others even without missing a single word! By doing this you might have been thinking you are the most clever and talented one but please do realise one thing that you are the one who is responsible to degrade the nursing profession!

You are the future nurses! You are the future teachers and you are the change agents  of the nursing profession! You have so much responsibility to uplift your profession, many more than you have ever realised! So, behave as a good nursing students and please help in maintaining your professionalism!


Regards and Thanks
Heera KC Parajuli 

Thursday, May 14, 2015

Sunday, March 1, 2015

18. तर आश्चर्य मान्नु पर्ने कुरा यहाँ यो छ कि यहाँको पोस्टनेटल वार्ड तपाइँ हामीले सोचेको भन्दा धेरै फरक छ/ अब वार्ड त छुट्टियो मनमा अर्को डर थियो वार्ड इन्चार्ज प्रतिको/ कुनै नया वार्डमा जानु पर्यो भने सबै जनालाई हुने सायद एउटा साझा डर होला / त्यसैले त यता उता बाट बुझ्न थाल्छन् फलानो वार्डको इन्चार्ज कस्तो छ भनेर ?BPKIHS मा मेरो एक बर्ष (मेरो अनुभब ) .........

हिजो जस्तो लाग्छ स्टाफ नर्स भएर वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आएको तर समय पनि कति चाडो बित्दो रहेछ यहा आएको त एक बर्ष बितिसकेछ/ २०७० पौष ३० गते म वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियुक्ति भए / त्यो दिन मलाई अहिले पनि हिजो जस्तै लाग्छ/ 

हुन त मैले यो भन्दा अगाडी काठमाडौंको अस्पतालहरुमा पनि काम गरेको हो तर पनि नयाँ ठाउँ अनि नयाँ मानिसहरुसंगको सम्बन्ध मनमा कता कता डर पनि थियो/ डरयस अर्थमा की नयाँ ठाउँ कुन वार्ड पर्ने हो, वार्ड इन्चार्ज कस्तो भेटिने हो, अनि संगै काम गर्ने स्टाफहरु मिलनसार भेटिन्छन् कि भेटिदैनन्  / जसरी  एउटा सानो नानी  पहिलो चोटी स्कूल जादां  डराउछ त्यसरी नै मलाई पनि कता कता डर लागिरहेथ्यो /यी कुराहरु मेरो दिमागमा यसरी घुमिरहेथेकी मलाई अहिले पनि सम्झना छ /  म खुशी पनि थिए किनकी म मेरो श्रीमान संग संगै बसेर काम गर्ने मौका पाएको थिए- / जाडो मौसम थियो बिहान ८ बजे मेट्रोन सरले आफ्नो  अफिसमा बोलाउनु भएको थियो/ ४/५ जना थियौ होला हामी / सबै जनाले आफ्नो परिचय दिएपछी हामीलाई वार्ड छुट्टाइदिनु भयो/ तपाई पोस्टनेटल वार्डमा जानुस भनेर मलाई भन्नु भयो / वार्डको नाम सुन्ने बित्तिकै म मनैमन हर्षले गद्गद् भए/ मनै मनमा सोचे सजिलो वार्ड पर्यो भनेर/ एक मिनेट अघिसम्म अप्ठेरो वार्ड पर्छ भनेर डराइ रहेकी थिए म, अहिले मलाई केहि हल्का भएको थियो / अहिले पनि मेरो साथीहरुले कुन वार्डमा काम गर्छस भनेर सोध्दा मैले पोस्टनेटल वार्ड भन्न पाएको हुदैन; ए सजिलो वार्ड परेछ भन्छन् / यो जवाफ BPKIHS बाहिरको साथीहरुको  मात्र होइन BPKIHS भित्रको संगैका साथीहरुको  पनि हो / तर आश्चर्य मान्नु पर्ने कुरा यहाँ यो छ कि यहाँको पोस्टनेटल वार्ड तपाइँ हामीले सोचेको भन्दा धेरै फरक छ/ अब वार्ड त छुट्टियो मनमा अर्को डर थियो वार्ड इन्चार्ज प्रतिको/ कुनै नया वार्डमा जानु पर्यो भने सबै जनालाई हुने सायद एउटा साझा डर होला / त्यसैले त यता उता बाट  बुझ्न थाल्छन्  फलानो वार्डको इन्चार्ज कस्तो छ भनेर ? आफ्नो त बुझिदिने पनि कस्ले? जे पर्छ त्यसै रूपमा टर्छ भन्ने सोचेर मन् लाइ सम्भाल्दै गए वार्ड तिर ! गंगा दिदीले मलाई लगेर वार्ड इन्चार्ज संग चिनाउनु भयो! वार्डमा उपस्थित मर्निं सिफ्टको स्टाफ संग मेरो चिना परिचय भयो! पहिलो दिन चन्दन सिस्टर, सोमी लिम्बु र अनि भारती श्रेष्ठ दिदि संग मेरो परिचय भयो/ मैले इन्चार्ज म्याम भीमा कटुवाल बाट  वार्डको बारेमा सबै जानकारी पाए तर दिमागमा पोस्ट अपरेटिभ र इक्लाम्सिया पेसेन्ट रिसिभ गर्ने बेड बाहेक केहि पनि याद भएन / मलाइ वार्डको बारेमा सबै बुझ्न धेरै समय लाग्यो / अपरेटिभ पेसेन्ट रिसिभ गर, कम्प्लिकेटिभ पेसेन्ट रिसिभ गर, अनि यता को पेसेन्ट उता सार, बेड म्यानेज गर  बेड याद गर ओ माई गड! मैले सोचेको पोस्ट नेटल वार्ड र म नियुक्ति भएको पोस्ट नेटल वार्ड मा धेरै फरक रहेछ / मैले त्यसै बेलामा बी.एन सेकेन्ड इयर को जाँच दिने समय आएको थियो सोचेको थिए सजिलो वार्ड परेको छ, पढ्न प्रसस्त समय पाउछु तर वार्ड बाट घर पुग्दा थाकेर, गलेर किताब हातमा राख्न नपाउदै भुसुक्क निदाउथे/ सिमित स्टाफ तर धेरै बिरामी आउने र जाने प्रक्रिया, यसै कारणले धेरै नै थाकिदो रहेछ/ लगभग ३ बर्ष पछि फेरी नाइट सिफ्ट गर्दै थिए त्यसैले पनि आत्तिएको थिए, तर चन्दन सिस्टर र चन्द्रकला दिदीको सहयोगले गर्दा मलाइ धेरै नै सजिलो भयो काम गर्न !

(चित्रमा  बायाँ माथिल्लो भागबाट मुना, हीरा, भीमा म्याम (इन्चार्ज ), चन्द्रकला, सोमी, मैया, शोभा, यशु, प्रतिक्षा, रन्जिता )    

पोस्ट नेटल वार्डमा म नयाँ भए पनि मलाई काम गर्न कहिले अप्ठेरो  भएन/ सुरुको अवस्थामा म मा जुन स्टाफ र इन्चार्ज प्रतिको ब्यबहार कस्तो होला भनेर  डर थियो त्यो हप्ता दिन बित्न नपाउदै हराएर गयो/ कारण थियो त वार्ड इन्चार्ज र स्टाफहरुको मैत्रीपूर्ण  ब्यबहार, माया स्नेह, सहयोगी भावना, एक अर्का प्रतिको विश्वास र राम्रो कुरा मात्र अनुसरण गर्ने बानि /


चित्रमा वार्ड इन्चार्जको साथमा म
मैले वार्ड इन्चार्ज अत्यन्तै मिलनसार, सहयोगी र मोटिभेटिभ पाएँ/ साथै स्टाफहरु पनि त्यति कै मिल्ने र सहयोगी / नजानेको कुरा सिकाउने, गल्ति छिट्टै बिर्सिदिने अनि हास्ने, हसाउने, रमाइलो गर्ने वार्ड स्टाफ र धेरै माया र सपोर्ट गर्ने इन्चार्ज भए पछि धेरै काम पनि थोरै लाग्छ, काम प्रति लगाब बढ्छ, तनाब घट्छ र अन्त्य मा यसबाट बिरामीहरुलेपनि राम्रो केयर पाउदछन् /

पोस्ट नेटल वार्ड मा जम्मा  बेड संख्या ३५ छ र यहाँ  बिशेष त अप्रेशन गरेको, गर्भवती र  प्रसव अवस्थामा  जटिलता जस्तै मुट रोग,मधुमेह  रक्तअल्पता, इक्लाम्प्सिया आदि  रोग भएका  महिलाहरु साथै सुत्केरी अवस्थामा देखिएका अन्य समस्याहरु, एच.आइ.भी, एस.टि.आइ. संक्रमित महिलाहरु र अपरेशन को घाऊमा संक्रमण भएका महिलाहरु राख्ने गरिन्छ/ त्यसैले पनि यहाँ सुत्केरी महिलाहरुलाई बिशेष नरसिं केयर दिनु पर्दछ/ सुत्केरी महिला मात्र नभएर नवजात शिशुको पनि राम्रो हेरचाह गर्नु पर्दछ/ साथै यहाँ बिरामी मात्र नभएर नवजात शिशु  हेर्न र बिरामी भेट्न आउनु हुने बिरामी कुरुवाहरुको पनि त्यतिकै भिड लाग्ने हुदाँ धेरै मान्छेहरु माझ काम गर्न पनि त्यतिकै चुनौती पूर्ण छ /

चित्रमा ममता कंडेल र चन्दन चौधरी

यो एक बर्ष को दौरान मा मैले धेरै कुरा सिक्न पाएँ/ पहिलो त पोस्ट नेटल वार्डमा कम्प्लिकेटेड
बिरामी मात्र आउदछन भन्ने थाह पाएँ/ त्यस पछि आफुले पढेको High risk in  Pregnancy, Delivery and Puerperal cases हरुको उपचार बिधि थाह पाएँ/ तेस्रो वार्डको काम सरलताका साथ सम्पन्न गर्न इन्चार्ज र स्टाफहरु तथा स्टाफहरु स्वयं एक आपसमा र स्टाफ र डक्टरहरु बीच मैत्रीपुर्ण वातावरण अत्यन्तै आवश्यक रहन्छ भन्ने बारे थाह पाए/

अन्त्यमा मेट्रोन सरले ओरेन्टेसन को दिनमा भन्नु भएको कुरा स्मरण गर्न चाहान्छु/ वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पढ्ने हरुको लागि अथाह समुन्द्र  हो र तपाईहरुले सक्दो धेरै सिक्ने, जान्ने फाइदा लिनुहोस् भन्नु भएको थियो र उहाँकै भनाइलाई उद्दृत गर्दै म पनि त्यहि भन्न चाहान्छु / हरेक दिन लाइ नयाँ सम्झनुस, हरेक दिन् नयाँ सिक्ने प्रण लिनुहोस् र आफ्नो काम प्रतिको लगाबबढाउनुहोस् तपाईले अवश्य पनि केहि नयाँ सिक्नु हुनेछ अनि सिकाउनु हुनेछ /

धन्यबाद !